काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुटार बंगुर फर्म नजिक जस्ताको टहरोमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा रामेछाप नामाडी गाउँपालिका–६ घर भएका ५० वर्षीय डिल्ली बहादुर सुनुवार रहेका छन् ।
त्यसैगरी संखुवासभा, मकालु गाउँपालिका–५ सामसिङस्थित हातिसे खोल्सा नजिक दाङ घोराही उपमहानगरपालिका–२ बस्ने ४५ वर्षीय रमेश शर्मा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै लमजुङ, दुधपोखरी गाउँपालिका–२ भुम्लिचोकस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला परेका तीनै जनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया