पहिलो पटक कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्यो, के भयो छलफल ?

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सकिएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठक केहीबेअघि सकिएको हो ।
गत मंसिरको निर्वाचनपछि पहिलोपटक सभामुखले समितिको बैठक आह्वान गरेका थिए ।

बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि .कार्यसञ्चालनका लागि नियमावली संशोधन गर्ने प्रक्रिया र संसदमा विचाराधीन विधेयक अघि बढाउने विषयहरु समावेश रहेका थिए ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली बनाउन समिति गठनको निर्णय भएको छ । त्यस्तै सत्तारुढ दलले संक्रमणकालिन न्याय सम्बन्धी विद्येयकलाई फास्ट ट्रयाकबाट अघि बढाउने विषयमा चासो राखेका थिए । तर एमाले राप्रपा लगायतका दलहरुले भने संसदीय समिति गठन गरी दफाबार छलफलका लागि पठाउनुपर्ने अडान कायम राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?