युवा संघको नवौँ महाधिवेशन आजदेखि शुरु

लोकपथ
42
Shares

नेपालगन्ज। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि नेपालगञ्जमा शुरु भएको छ ।

आज चैत २७ देखि २९ गतेसम्म हुने नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे गर्ने तयारी भएको संघका प्रवक्ता महाराज गुरुङले बताए ।

उनका अनुसार, महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजार बढि युवा प्रतिनिधि नेपालगञ्ज भएका छन्। महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने बताइएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उनले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागि हुन पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत आईतबार नै नेपालगन्ज पुगेका छन् भने पार्टी अध्यक्ष ओली केहीबेरअघि नेपालगन्ज पुगिसकेका छन् ।

पार्टी अध्यक्षलाई नेपालगञ्ज विमानस्थलबाट भव्य स्वागतका साथ युवाहरुको जुलुससहित कार्यक्रम स्थल नेपालगञ्ज ल्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?