बालेनको निर्देशनपछि आजबाट उठ्न छाड्यो सिंहदरबारको फोहोर

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशको शासनसत्ता सञ्चालन हुने सिंहदरबारको फोहोर बन्द गरेको छ ।

मेयर बालेन्द्र शाह ‘बालेन’ ले यसअघि शनिबार सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
त्यससँगै आइतबार सिंहदरबारको फोहोर उठाउनका लागि बन्द भएको हो ।

काठमाडौं महानगरपालिका वडा नं ११ अन्तर्गत पर्दछ सिंहदरबार एरिया । अन्य क्षेत्रमा फोहोर उठे पनि सिंहदरबारको फोहोर नउठेको काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकारले लोकपथलाई जानकारी दिए ।

‘मेयरको निर्देशन अनुसार आज सिंहदरबारको फोहोर उठेको छैन ।’ उनले भने, ‘अन्य ठाउँको फोहोर भने उठिरहेको छ ।’
फोहोर समस्या समाधानमा राज्यले उदासिनता देखाएको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने उद्घोष गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?