राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले आफ्नो प्रेस सल्लाहकारमा पत्रकार पोखरेल नियुक्त गरेका हुन् ।

नवनियुक्त पोखरेल नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष हुन् । साथै पोखरेल सूचना आयोगका पूर्व आयुक्त समेत हुन् ।

त्यस्तै राष्ट्रपति पौडेलको प्रेस संयोजकमा यसअघि नै खिला कार्की नियुक्त गरिसकेका छन् ।

त्यस्तै राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा, आर्थिक सल्लाहकार पूर्व गभर्नर चिरन्जीवि नेपाल नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?