काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग आर्थिक लेनदेनको बार्गेनिङ गर्ने रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले कारबाही गर्ने भएको छ ।
केही दिन यता श्रेष्ठले प्रसाईसँग करोडौँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै प्रसाईसँग दुई करोड आवश्यक परेको भन्दै पैसा माग गरेका थिए ।
पार्टीभित्र आर्थिक लेनदेनमा बार्गेनिङ गर्ने कार्य क्षम्य नहुने भन्दै कारबाहीको प्रक्रिया अघि बढेको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले लोकपथलाई जानकारी दिए । जिम्मेवार पदमा रहेर पार्टी र जनतालाई घात गर्ने काम गर्नेलाई कानुनी दायरामा ल्याएर कामरबाही गर्नुपर्ने उनको माग छ ।
‘पार्टीको जिम्मेवार पदमा रहेको व्यक्तिबाट आर्थिक लेनदेनको बार्गेनिङको अडियो सार्वजनिक भएको सुनियो । उक्त अडियो प्रकरणको बारेमा सत्यतथ्य छानबिन भइ दोषीलाई कारबाही हुन्छ र हुनुपर्छ ।’ उनले भने ।
उनी गत निर्वाचनमा रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया