काठमाडौं । शनिबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्।
मतगणनाको अन्तिम परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्।
नेविसंघको इकाइ कोषाध्यक्ष समेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएर जित हात पारेका हुन् । उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याएका छन् ।
पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए।
पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो।
विवाद समाधानका लागि पटक(पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
नेविसंघका आधिकारिक उम्मेदवार थिङले भने जम्मा ३४६ मत ल्याए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया