काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव लेखराज भट्टबीच भेटघाट भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड भट्टलाई भेट्न कैलालीस्थित उनको निवास पुगेका हुन् ।
पूर्व माओवादी एवं कुनै बेलाका प्रचण्डका विश्वासपात्रका रुपमा रहेका प्रचण्ड भट्टलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अहिले धनगढीमा रहेका छन् । सो क्रममा भट्टलाई भेट्न पुगेको उनको सचिवालयले जनाएको छ ।
तत्कालिन नेकपा विभाजनपछि उनीहरुबीचको सम्बन्धमा खटपट आएको थियो । भने एकअर्काको आलोचना समेत गर्ने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया