अहिले पनि एमाले देशको प्रमुख शक्ति हाे : ओली

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको प्रमुख शक्तिको रुपमा रहेको बताएका छन् । शनिबारबाट काठमाडौंमा शुरु भएको अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एमाले देशको प्रमुख शक्तिको रुपमा रहेको बताएका हुन् ।

उनले एमालेलाई समाप्त पार्न दुँनियाका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिला संघलाई धन्यवाद पनि दिए ।

ओलीले भने, ‘नेकपा एमाले फेरि पनि जुरुक्क उठेको छ । अरुभन्दा अलि बलियो, अरुभन्दा अघि ब्यापक, अरुभन्दा अघि अग्लो त्यसरुपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरुको निष्ठाले काम गरेको छ ।’

पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?