एकीकृत समाजवादी अवसरवादमा लिप्त भएको आरोप लगाउदैँ मुकुन्द न्यौपानेले गरे पार्टी परित्याग

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको उनको आरोप छ । साथै उनले एकीकृत समाजवादी अवसरवादमा लिप्त भएको आरोप पनि लगाएका छन् ।

‘सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेका छन ।’ उनले भने ।

‘ विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलगअलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुई चार शब्दहरू अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको आफूलाई पिँध नभएको बाल्टीमा परिणत गर्नु हो । जति पटक इनारमा डुबाएर ताने पनि माथि आउँदा रितै हुन्छ । आज नेकपा एकीकृत समाजवादीका नेतृत्व पङ्क्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ । सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरे पनि नभरिने ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?