आजबाट सिंहदरबारको फोहोर उठ्दैन, नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ : बालेन

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् -‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

https://www.facebook.com/balenOfficial/posts/pfbid02WZHrrrkVhHCRQn6LLGR5jyiQCThXZqCHKTwm4wUL7LwegC7H1oZuDPe8cRRo9nWsl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?