देश सफा गर्न नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छः बालेन शाह

लोकपथ
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेरि नेताहमाथि कटाक्ष गरेका छन् । उनले नेताहरुलाई काठमाडौँको फोहोर व्यवस्थापन गरिँदै आएको सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

उनले शनिबारदेखि सिंहदरबारको फोहोर नउठ्ने समेत टिप्पणी गरेका छन् । ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
शाहले नेताहरुमाथि बेलाबेलामा खरो टिप्पणी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?