काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान १० बजेदेखि बैठक शुरू भएको हो ।
बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,,सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरूको उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया