काठमाडौं । सरकारले सामाजिक सञ्जालमार्फत् हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ ।
सरकारले आज सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
सञ्चार एवं सूचनाप्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउने साथै सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याइने जानकारी दिइन् ।
‘विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउनका लागि विज्ञापन दाताले सञ्चारगृहको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था गरी विज्ञापन एजेन्सीले पाउने कमिसनलाई पारदर्शी बनाउने । र सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनलाई करको दायरामा ल्याउने ।’
वैदेशिक ऋणलाई पारदर्शी बनाउने समेत उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया