काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरु मनोनित भएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेका हुन् ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गरेका हुन् ।
कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभा सदस्यहरू अजयकुमार चौरसिया, अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ र नागिना यादव परेका छन् । यसैगरी, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा र रुपा सोसी चौधरी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई सो समितिमा मनोनयन गरेको जानकारी गराए ।
प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया