काठमाडौं । प्रतिनिधि सभा बैठकमा आकस्मिक समयको व्यवस्था गरिएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ३ मिनेटको आकस्मिक समयको व्यवस्था गरिएको जानकारी गराए । नियमवलीमा नै व्यवस्था गरेर उक्त समयको व्यवस्था गरिएको सभामुख घिमिरेले सदनलाई जानकारी गराएका हुन् ।
सो समयमा सांसदहरुले अघिल्लो बैठक र जरुरी घटनाक्रमबका बारेमा जानकारी गराउन सक्नेछन् ।
‘आकस्मिक समयमा हामीले तीन मिनेट निर्धारण गरेका छौँ । आकस्मिक समयमा गएको बैठक र यो बिचको बैठकमा भएका जरुरी घटनाको सन्दर्भमा केही राख्नुपर्ने विषय भए राख्नेगरी हामीले भर्खरै नियमावलीमै व्यवस्था गरेका छाँै ।’ उनले भने ।
प्रतिनिधि सभामा यसअघि शून्य र विशेष समयको मात्रै व्यवस्था रहेको थियो । सांसदहरुले यसअघि नै शून्य समयको एक मिनेट समय कम भएको भन्दै त्यसलाई बढाउनुपर्ने माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया