त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको स्वास्थ्य परीक्षण

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।”

त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा डा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?