काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।
उनको पक्षमा १७२ मत गरेको थियो । भने उनको विपक्षमा ८९ ममत परेको थियो । कुल २६२ सांसद मतदान प्रक्रियामा भाग लिएका थिए । र दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।
यो प्रधानमन्त्रीको दोस्रोपटकको विश्वासको मत हो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार गत पुस २६ गते संसदबाट विश्वासको मत प्राप्त गरेका थिए ।
राष्ट्रपति निर्वाचनको संघारमा राप्रपा एमालेसहितका दलले सररकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया