काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।
आज काठमाडौंमा दिउँसो १–२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ। तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन्।
आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया