काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० ले चैत २ गते बिहीबारबाट मकवानपुरमा प्रदर्शनी गर्ने भएको छ ।
क्यानले बिहीबारबाट सोमबारसम्म आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक सञ्चालन गर्न लागेको हो ।
“वर्तमान समयको माग, सुचना प्रविधिमा सबै जानकार” नारासहित प्रदर्शनी गर्न लागिएको हो ।
आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेका यस प्रर्दशनीको उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले गर्ने बताइएको छ ।
यस कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।
पब्जी टिडिएम गेमिङ टुर्नामेन्टको लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिनेछ । विभिन्न विद्यालयहरुको इन्नेभेटिभ ९नविनतम सिर्जना० हरुको समेत स्टल रहनेछ ।
प्रर्दशनीमा चैत्र ३ गते साइबर सुरक्षा सम्बन्धी सेमिनार, चैत्र ४ गते कृषि उत्पादन तथा प्रर्बद्धनका लागि डिजिटिलाइजेसन सेमिनार, र चैत्र ५ गते लभतधयचपष्लन र ऋऋत्ख् सम्बन्धि सेमिनार हुने । । मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्नेछ । यस्तै फ्रि मोबाइल
सर्भिस क्याम्पको निमित्त मोबाइल एशोसिएसन अफ मकवानपुरद्धारा सञ्चालन गरिनेछ । माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधी सहित कार्यक्रममा विद्यार्थीहरु सहभागि गराउन चाहेमा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।
यस प्रदर्शनीमा युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायी, सञ्चारकर्मी लगायत विविध व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा रहेको क्यानले जनाएको छ ।
चैत्र २ गतेदेखि शुरु भइ ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया