बेलायती नागरिक हुँ भन्दै लाखौँ रकम ठगी

लोकपथ
70
Shares

काठमाडौं । ललितपुरकी अन्जली बसुन्केले आफू बेलायती नागरिक भएको भन्दै विवाहको प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको खुलेको छ ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेसँगै यस्तो रहस्य फेला परेको हो । रोचक त के छ भने उनले पीडितलाई टिकटकलगायतका माध्यममा आफूलाई फ्यांकलिन पाउल (पुरुष)को नाममा चिनाउने गरेकी थिइन् । विभिन्न व्यक्तिसँग जोडिएर उनले आफ्नो श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिने गरेको खुलेको छ ।

‘ईंगल्याण्डको नागरीक हुँ, मेरो श्रीमतीको मृत्यु भैसकेको छ, म नेपाल आई तिमीलाई विवाह गरी ईंगल्याण्ड लैजान्छु’ जस्ता विभिन्न प्रलोभनका कुराहरु उनले ह्वाटएपमार्फत समेत भन्ने गरेको प्रहरीले जनाएको छ । सो क्रममा उनले ७० हजार डलरसहितको लगेज पठाएको लगायतको प्रलोभन दिएर पीडितसँग १५ लाख २० हजार रुपैयाँ बराबरको ठगी गरेको खुल्न आएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनले बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खातामा पीडितलाई पटक पटक गरी सो रकम पठाउनलगाएको उजुरी परेको थियो । उक्त ठगी कार्यमा संलग्न जिल्ला बिसुन्केलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?