शपथ ग्रहण समारोहमा जेल जीवनका साथीलाई पनि राष्ट्रपति पौडेलको निम्तो

लोकपथ
84
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ ग्रहण गर्दैछन् ।

दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमकाबीच पौडेलले शपथग्रहण गर्दैछन् ।

शपथ ग्रहणका क्रममा पौडेलले राजनीतिक जीवनमा आफूसँगै जेल बसेकाहरुलाई समेत बोलाएका छन् ।

विभिन्न समयमा जेलमा बसेका साथीहरुलाई समेत शपथग्रहणमा बोलाएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार शपथ ग्रहणका क्रममा रघुपति शर्मा, डिल प्रसाद सापकोटा, इन्दु शर्मा र गोविन्द कँडेल लगायतलाई बोलाइएको छ ।

शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कुटनीतिक नियोगका प्रतिनिधि लगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?