नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज, शीतल निवासबाट बिदा हुँदै विद्या भण्डारी

लोकपथ
14
Shares

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
त्यसका लागि राष्ट्रपतिको कार्यालय, शीतल निवासमा दिउँसो १ बजे विशेष समारोहको आयोजना गरिएको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आजै आफ्नो कार्यकाल पुरा गरी शीतल निवास छाड्ने भएकी छन् । उनी बूढानीलकण्ठस्थित आफ्नो घरमा जानेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?