कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
21
Shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार बिहान पहाडी भूभागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै बाँकी भूभागहरूको मौसम भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?