काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतकमा पदम गिरी मनोनीत भएका छन् ।
आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो। गिरी गत निर्वाचनमा पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नियुक्त भएका हुन् ।
यस्तै ओलीले सांसद महेश बर्तौलालाई सचेतकमा नियुक्त गरेको छ । मकवानपुरबाट निर्वाचित बर्तौलालाई आइतबार नै सचेतकमा नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया