जनयुद्धको घाटी रेट्न पाइदैन : प्रभु साह

लोकपथ
56
Shares

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले जनयुद्धको घाटी रेट्न नपाइने टिप्पणी गरेका छन् ।

माओवादी धारको पत्रकार सम्मेलनमा बोल्दै साहले जुन आमाको दुध खाने त्यहीँ आमालाई घाटी रेटे जस्तो भएको बताए ।

‘यो देशलाई यहाँसम्म ल्याउने शान्ति सम्झौता हो । शान्ति सम्झौताको वेसमा संविधान बनेको हो’ साहले भने, ‘गणतन्त्रको लाभ लिने गणतन्त्रबाट असर लिने अनि जनयुद्धको विरोध गर्न मिल्छ ? जनयुद्धबाट लाभ लिने उपयोग गर्ने र जनयुद्धलाई विरोध गर्न मिल्दैन । जुन आमाको दुख खाने त्यहीँ आमाको घाटी रेटे जस्तो भएन !’

जनयुद्धकालीन मुद्दाको कुरा गर्ने हो विद्रोहीपक्ष पीडित हुने भएकाले सबै मुद्धा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निरुपन हुनुपर्ने साहले बताए ।

बृहत शान्ति सम्झौता राज्यले पालना गर्ने दायित्वभित्र सहले बताए । राज्यको सर्वोच्च इकाइ सर्वोच्च अदालत भएकाले शान्ति सम्झौता मर्मलाई ख्याल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?