तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित

लोकपथ
14
Shares

काठमाडौं । तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित भएका छन् । कार्की नेपाल ट्रक यातायात व्यवसायी महासंघका कोषाध्यक्षसमेत हुन् । तराई यातायात व्यवसायी संघको १६ औँ वर्षिक साधारणसभा एवं छैठौँ अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सहैल अख्तर अन्सारी, केन्द्रीय उपाध्यक्षमा, जीवनकुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष (उत्तर) मा बोधराज आचार्य, क्षेत्रीय उपाध्यक्ष (दक्षिण) मा उमकेश्वरप्रसाद रौनियार, क्षेत्रीय उपाध्यक्ष (पश्चिम) मा कुमार राई, क्षेत्रीय उपाध्यक्ष (पुर्व) मा विरेन्द्र कार्की निर्वाचित भएका छन् ।

साथै संघको महासचिवमा अर्जुनप्रसाद अधिकारी, उपमहासचिवमा देवकुमार श्रेष्ठ, सचिवमा क्रमशः लोकराज पौडेल, मनोज यादवज र रामबहादुर कार्की निर्वाचित भएका छन् । यस्तै, संघको सहसचिवमा तुफान फारुक अंसारी, कोषाध्यक्षमा नारायण प्रसाद घिमिरे, सहकोषाध्यक्षमा नवीन थापा पनि निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोखरेल, मदनराज कंसाकार, विजय रंजितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, संजयकुमार गुप्ता निर्वाचित भएका छन् ।

शुक्रबारदेखि शुरु भएको साधारणसभाको उद्घाटन पुर्व श्रम मन्त्री तथा प्रतिनिधिसभा किसान श्रेष्ठले गरेका थिए । तराई यातायात व्यवसायी संघको स्थापना २०६१ सालमा भएको थियोे । नव निर्वाचित कार्यसमिति कार्यकाल तीन वर्षको रहने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?