काठमाडौं । काम गर्ने वातावरण नबनेको भन्दै वैदेशिक रोजगार विभागले सुरक्षा माग गरेको छ । दैनिक विभिन्न समुहहरू आएर अनावश्यक हो-हल्ला गर्नुका साथै नारावाजी गर्न थालेको भन्दै सुरक्षाकर्मी माग गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सुरक्षाकर्मी माग गरेको हो। विभागका महानिर्देशक उमाकान्त आचार्यले काम गर्न नसकिने अबस्था आएको भन्दै प्रहरी खटाईदिन माग गरिएको बताए। उक्त पत्र गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमा पुगेको छ। गृहले आवश्यकताका आधारमा सुरक्षाकर्मी खटाउन भन्दै प्रहरीलाई पत्र लेखेको थियो।
पछिल्ला दिनहरूमा सामाजिक अभियान्तासहितका समुहले विभाग घेराउ गर्ने, नारावाजी गर्ने, मेनपावर व्यवसायी आएर अनावश्यक दुख दिने काम गर्दै आएका छन्। उनीहरूले कानुन विपरितका कार्य गर्न दबाब दसने, कर्मचारीहरूलाई धम्की दिने जस्ता गतिविधि गर्दै आएको विभागले जनाएको छ।
हिजो मात्रै विभाग भित्रै मेनपावर व्यवसायी र सामाजिक अभियान्ता तथा पीडितहरूबीच कुटाकुट भएको थियो। मेनपावर व्यवसायीहरूले सामाजिक अभियान्ता तारा बराल तथा युट्युबरमाथि कुटपिट गरेका थिए।
विभागमा अनावश्यक भीडभाड बढेको भन्दै सेवाग्राहीलाई प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो। तर, आवश्यक सुरक्षाकर्मी नहुदा उक्त नीति लागू गर्न नसकिएको विभागले जनाएको छ। त्यसकै लागि सुरक्षाकर्मी माग गरिएको महानिर्देशक आचार्यले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया