४६ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
224
Shares

पाल्पा । पाल्पामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती महिलालाई आफ्नो कोठामा सुतिरहेको अवस्थामा शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?