कुटपिट गरी हत्या गर्ने पक्राउ

लोकपथ
70
Shares

धादिङ । धादिङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

धुनिबेशी नगरपालिका-६ देवीस्थान घर भई सोही नगरपालिका-७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा धुनबेशी नगरपालिका(६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बानियाले फागुन १० गते कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?