रिसोर्टमा लगि २५ वर्षीया महिलाको बलात्कार

लोकपथ
147
Shares

भक्तपुर । भक्तपुरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?