एमाले सचिवालयको बैठक बस्दै, सरकारबाट बाहिरेला ?

लोकपथ
91
Shares

काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेर नयाँ समीकरण बनेसँगै नेकपा एमालेमा खैलाबैला भएको छ । यससँगै सो पार्टी सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ । यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने सो पार्टीको तयारी छ ।

त्यसका लागि एमालेको सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।

यस्तै बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा समेत उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?