मोरङ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मुलुक बनाउनेतर्फ कर्मचारीले योगदान दिनुपर्ने बताएकी छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन प्रदेश नं १ को ११ औँ प्रदेश अधिवेशन–२०७९ को आज यहाँ उद्घाटन गर्दै उनले विद्युत् निर्यात गरी व्यापार घाटा कम गर्न आवश्यक विद्युत् उत्पादन कार्यमा कर्मचारीले महत्त्वपूर्ण योगदान दिनुपर्ने आवश्यकता औँल्याइन् ।
मन्त्री चौधरीले कामको माध्यमबाट जनतालाई सहज र सरलरूपमा सेवा प्रदान गर्नु कर्मचारीको मुख्य दायित्व भएको बताइन् । उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले मुलुकमा केही राजनीतिक अस्थिरता भएमा काममा अवरोध नगर्न आग्रह गरिन् । मन्त्री चौधरीले कर्मचारी सेवा सुविधा, हकहित, नीति, ऐन र मागका मुद्दा पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
अधिवेशन आयोजक समितिका संयोजक तोयाराम दाहाल, युनियनका केन्द्रीय अधिवेशन संयोजक रामकुमार थेवे, प्रदेश कार्यालयका निर्देशक उमेशकुमार झा, पेशागत संगठनका प्रदेश अध्यक्ष देवराज कार्की, आरती साह, लक्ष्मी गौतम, दण्डिराज थापा र सविन दाहालले जीवन बीमा र ज्यालादारी कर्मचारीको समस्या समाधान गर्न युनियन लागि पर्ने धारणा राखेका थिए । अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया