दिलीपको हत्या गर्नेलाई २५ वर्ष र मतियारलाई साढे १२ वर्ष कैद सजाय

लोकपथ
98
Shares

काठमाडौं । दिलीप महतोको हत्याका दोषी तीन जनालाई कैद सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाले महतोको हत्याका
मुख्य योजनाकार विपीन महतो र मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको हो ।

त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको छ ।

२०७६ पुस २५ गते २४ वर्षीय दिलिपको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?