काठमाडौं । बुद्ध एयरलाइन्सले आफूले तिर्नुपर्ने सम्पूर्ण सेवा दस्तुरहरु नागरिक उड्डयन प्राधिकरणलाई समयमै बुझाउने गरेको दाबी गरेको छ ।
बुद्ध एयरले एक सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बुद्ध एयरले तिर्नुपर्ने बक्यौता शिर्षकका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुद्धएयरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा लेखेको छ- ‘केही सञ्चार माध्यममा प्रकाशित ‘बुद्ध एयरले तिर्नुपर्ने बक्यौता’ शिर्षक समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बुद्ध एयरले तिर्नुपर्ने सम्पूर्ण सेवा दस्तुरहरु नागरिक उड्डयन प्राधिकरणलाई समयमै तिरि त्यसबाट पाईने २ प्रतिशतको छुट सुविधा समेत प्राप्त गर्ने गरेको जानकारी गराउँदछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया