काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ ।
बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया