काठमाडौं । राष्ट्रपतिबाट आम माफी पाएका कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद चौधरीको निलम्बन फुकुवा भएको पत्र पढेर सुनाएका थिए ।
ट्याक्टर जलाएको आरोपमा थुनामा रहेका चौधरी फागुन ८ गते थुनामुक्त भएका थिए । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आममाफी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया