काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
लोसपाले भावी राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा धुम्बाराहीमा दुई दलका नेताहरुबीच छलफल भएको हाे ।
छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायत सहभागी छन् ।लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपाका एक नेताले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया