सिन्धुली । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिका लागि माधव नेपाल नै उम्मेदवार बने पनि कांग्रेसले उम्मेदवारी दिने प्रष्ट गरेका छन् । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने मात्र होइन जित्छ पनि, नेता कोइरालाले दाबी गरे ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनु स्वाभाविक हो भन्दै को उम्मेदवार भन्नेचाहिँ टुंगो लाग्न बाँकी रहेको कोइरालाको भनाइ थियो ।
सिन्धुलीमा पत्रकारहरुसँग कोइरालाले भने, ‘हिजोदेखि एउटा कुरा आएको छ– ‘केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने । उहाँहरू पहिले एउटै पार्टी (एमाले) मा हुनुहुन्थ्यो, दुई वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभएको । त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने ’चान्स’ हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ । तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ । ढुक्क हुनुस् ।’
एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएको भन्दैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने नहुने उनको भनाइ थियो ।
निर्वाचन आयोगले निकालेको निर्वाचन कार्यतालिका अनुसार यही फागुन १३ मा नयाँ राष्ट्रपति चुन्नका लागि दलहरुले मनोनयन दिनुपर्नेछ । तर, अहिलेसम्म पनि को उम्मेदवार हुने भन्ने दलहरुले तय गरिसकेका छैनन् ।
दलका नेताका नाममा राष्ट्रिय सहमति हुन नसक्ने भन्दै उनले राष्ट्रिय सहमति बनाउने हो दल बाहिरबाट उम्मेदवार लिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया