डा. श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् । लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा. श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?