प्रचण्डसँगको भेटमा चित्रबहादुरले भने–‘राष्ट्रपतिमा लिएको अडान कायम राख्नुस्’

लोकपथ
35
Shares
sf7df8f}F,% kmfu’gM k|d bfxfn / cWoIf s];L e]6jftf{ k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú / /fli6«o hgdf]rf{ kf6L{sf cWoIf lrqaxfb’/ s];L g]t[Tjsf] 6f]nL z’qmaf/ afn’jf6f/df e]jftf{ ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन शुुरु भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारी निवास वालुवाटारमा शुक्रबार ज्ञापनपत्र बुझाउन पुगेका केसीले यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष केसी नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो । उनले भेटका क्रममा राष्ट्रपतिमा अहिले लिएको अडान कायम राख्न भनेका हुन् ।

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका थिए । उनले आफूलाई पछिल्ला केही घटनाक्रमले सचेत गराएकोसमेत बताएका थिए ।

‘राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन ।, केही घटनाक्रमले मलाई झस्काएको छ ।’ प्रचण्डको भनाई उधृत गर्दै स्रोतले बतायो । फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र साहलाई मेचीमा लगेर राष्ट्रिय स्भाभिमान अभियान चलाएका थिए । प्रधानमन्त्रीले त्यसलाई रहस्यपूर्ण रहेको बताएका छन् ।

अध्यक्ष केसीले राष्ट्रपतिमा अहिले लिएको अडान कायम राख्न सुझाव दिएका थिए । ‘अस्ती झापामा दुर्गा प्रसाईले पूर्व राजा लगेर कार्यक्रम गरे, तपाईंहरुलाई थाहै छ,’ प्रधानमन्त्रीले भने, ‘भोलिपल्ट तिनै दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीजीलाई पनि भेटेछन्, आशिर्वाद नै लिएको जस्तो’ यो घटनाले मलाई के महसुस भइरहेको छ भने, राष्ट्रपतिमा अडान छोड्नुहुन्न ।’ जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?