लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

लोकपथ
35
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

फागुन १० गतेका लागि बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।

लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ । त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ । शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने विषयमा पनि छलफल हुँदैछ । अध्यक्ष ठाकुरका बारेमा अन्य दलका नेताहरु बीचमा पनि अनौपचारिक छलफल भैरहेको छ । दलहरुका बीचमा सहमति भएमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकिने लोसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?