काठमाडौं । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।
निवर्तमान महासचिव वडाल शुक्रबार बिहान आएको अन्तिम परिणाम अनुसार अर्का उम्मेद्वार आरसी लामिछानेलाई पराजित गर्दै विजयी भएका हुन । काठमाडौंको कमलदीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी २३ औँ महाधिवेशनले बडाललाई अनेरास्ववियुको नेतृत्व सुम्पेको हो ।
यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायाण घर्ती र मर्यादा विष्ट विजयी भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाय र कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । विद्युतीय भोटिङ मेसिन मार्फत मतदान गरिएका कारण केही घण्टामै मतगणना सकिएको हो ।
यस्तै सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पाैडेल, दीपेश प्रसाई, दीपक धामीफ अन्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले विजयी भएका छन् ।
यद्यपि अन्तिम मत विवरण भने निर्वाचन समितिले केहीबेरमा सार्वजनिक गर्दैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया