काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।
बैठक विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया