अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान शुरु भएको हो । उम्मेदवारी मनोनयनको अन्तिमसूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य यसअघि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा अधिकांश मधेश र प्रदेशहरूतर्फ महिला सदस्य छन् ।

१९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएको निर्वाचन आयोगका प्रमुखकुमार खकुरेलले जानकारी दिए । निर्वाचनमा विद्युतीय भोटिङ मेसिनमार्फत तीन ठाउँबाट मतदान थालिएको छ । अध्यक्षसहित सहमति हुन नसकेका पदका लागि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान शुरु भएकाले नतिजा एक घण्टाभित्रै आउने बताइएको छ ।

अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडालले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । भने महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।

सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?