प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै दुई नेताबीचको छलफल तथा भेटवार्ता बाक्लिदै भएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेलगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने बताउँदै आएको छ ।

त्यस्तै, सरकारको नेतृत्व गरिरहेको दल माओवादीले राष्ट्रपतिमा साझा सहमति हुनुपर्ने अडानसहित उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?