काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं-१ बाट निर्वाचित सांसद चन्द्र भन्डारी गम्भीर घाइते भएका छन् ।
बुधबार राती उनको निवास बुद्धनगरमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनीसहित उनकी आमा समेत घाइते भएको नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
हाल दुवै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।`ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेको छ।´ उनले भने।
डाक्टरहरुका अनुसार भण्डारीको शरिरको करिब २५ प्रतिशत र उनको आमाको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको उनको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया