माग सुनुवाइ नभए सदन र सडक ठप्प पार्ने नागरिक उन्मुक्तिको चेतावनी

लोकपथ
364
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदनदेखि सडकसम्म ठप्प पार्ने चेतावनी दिएका छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना माग र मुद्दाको सुनुवाइ नभए संसद अबरुद्ध गर्न बाध्य हुने बताए ।

उनले भने, ‘ सभामुख महोदय हामीले पटकपटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि आग्रह गर्‍याैँ  । हाम्रो माग सुनुवाइ नभएमा हामी संसद अबरुद्ध गर्न बाध्य हुन्छौं । हामी चुप लागेर बस्दैनौं ।’

उनले संसद अवरोध गर्ने ध्येयता नभएको तर, यसलाई बाध्यता नबनाउन आग्रह गरे । उनले भने, ‘सम्माननीय सभामुख महोदय आज हाम्रो नागरिक उन्मुक्ति पार्टीको स्थापना दिवस । स्थापना दिवसकै दिनमा संसद अवरोध गर्ने वचन सभामुख समक्ष राख्ने हाम्रो ध्येयता होइन तर, यसलाई बाध्यता नबनाइयोस् । हाम्रो मुद्दा भनेकै निर्दाेष राजबन्दी रिहाइ हो । लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनु हो ।

देशमा भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता कायम गराउनु हो । थारु लगायत पिछडिएका, अपहेलित दलित, मधेसी, मुस्लिम, कमैया, हरुवाचरुवाहरुको अधिकार संविधानमा लिखितम गराइ प्रत्याभूत गराउनु हो ।

थारुवाद होइन जात हो, सो जात, भूमिपुत्र । जसलाई माटोबाहेकको सुगन्ध थाहा छैन । विदेशी अन्तको गन्ध उछुट्ट्यिाउन सक्दैन । तर, उ आफू बस्ने माटोको जात, वर्ग सहजै छ्ट्याउन सक्छ । थारुलाई उल्लोखेत पल्लो खेतको सुगन्ध थाहा हुन्छ । थारुले माटोको जात छुट्याउँछ तर, यहाँ अर्थविद्वानहरुले थारुको जात छुट्याउँछ ।

उनले टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई कानुन संशोधन गरेर भएपनि छाड्न माग गरे । उनले भने, ‘या त राज्यले हाम्रो मान्छेलाई तुरुन्त छाड्नुपर्यो । होइन भने टीकापुर घटनाको दोषी देखाइदिने तागत हामीसँग पनि छ । तर, बेकसुर व्यक्तिलाई थुन्न पाइदैन । नत्र हामी सदन मात्रै होइन सडक पनि ठप्प पार्छौ ।’

उनले पुरानो मुद्धालाई ११ वर्षपछि खोतलेर आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई थुनेकोप्रति आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?