अख्तियारको कार्यशैलीकाे सांसद चन्द्र भण्डारीले गरे आलोचना

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यसम्पादनको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले अख्तियारले मोबाइलको रिङ टोनमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको सट्टा भ्रष्टाचारीको फाइल खोलेर कारबाही गर्न सुझाव दिए ।

अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्ने प्रश्न गर्दै सांसद भण्डारीले नेपालमा नाटक चलिरहेको टिप्पणी गरे ।

संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाऔं भन्दै भण्डारीले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ?’

सांसद भण्डारीले शिक्षा नीतिमा समस्या रहेको औँल्याउँदै नेपालमा धनी र गरीबले पाउने शिक्षा नौ अलग–अलग रहेको बताए । सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिक सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।

शिक्षा नीति र पाठ्यक्रमलाई व्यवहारिक र हाम्रो स्रोत साधनसँग जोडेर किन लागु गर्दै रोजगारमूलक बनाउनुपर्नेमा उनको जोड थियो । बुढानीलकण्ठ जस्ता स्कुललाई देशभरी फैलाउन किन नसकेको भन्दै उनले भने, ‘हामी जोसँग पैसा छ, उसैसँग लाग्यौँ । जो गरिब छ, उसका लागि राम्रो शिक्षा छैन, केही पनि छैन ।’

स्वास्थ्य क्षेत्रमा पनि उस्तै समस्या रहेको भन्दै उनले प्रश्न गरे, एउटा सांसदले त आफ्नो सबै सम्पत्ति बेचेर उपचार गर्नसकने अवस्था छैन भने गरीब जनताले कसरी उपचार पाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?