आर्थिक शोषण गर्ने लघुवित्त र सहकारी संस्थालाई कारबाही गरौँ : सोविता गौतम

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारी संस्थाले निम्न वर्गीय जनतालाई ऋणमाथि ऋण बोकाएर रसातलमा पुर्‍याउने काम गरेको आरोप लगाएकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले राष्ट्रबैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

‘आर्थिक शोषणमा परेका कतिपय ऋणीले ऋणको तनाव सहन नसकेर आत्महत्या बाध्य भइरहेका छन्,’ उनले भनिन्, ‘ऋण तिर्नै नसक्ने एउटै व्यक्तिलाई पनि दर्जनौँ संस्थाले ऋण दिएको पाइएको छ ।’ उनले थिपन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?